06/02/2026, 14:39:44
मङ्गलबार, जेठ १९, २०८३

नेपालले भारतको भूभाग मिचेको प्रधानमन्त्रीको भनाइमा सरकारले दियो प्रस्टीकरण


काठमाडौँ, जेठ १९ गते । नेपालले भारतको भूभाग मिचेको प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे सरकारले प्रस्टीकरण दिएको छ ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा मंगलबार भने, ‘नेपालले भारतको भूभाग कब्जा गरेको भनेर भारतबाटै आएको भएर म अचम्मित छु भन्नुभएको हो ।’

प्रधानमन्त्री शाहले गत आइतबार प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने क्रममा भारतले नेपालको भूमि मात्रै नभइ नेपालले पनि भारतको भूमि मिचेको कुरा आफू प्रधानमन्त्री भएपछि थाहा पाएको बताएका थिए ।

शाहको यो अभिव्यक्तिको अहिले विरोध भइरहेका बेला सरकारले भारतीय पक्षबाट यस्तो कुरा आएकोले प्रधानमन्त्रीले अचम्मित भएको प्रतिक्रिया दिएको भन्दै प्रस्टीकरण दिएको हो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..