

सिरहा, जेठ ११ गते । सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारको निर्णयविरुद्ध व्यापारी र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले चक्काजाम गरेका छन् । धनगढीमाई नगरपालिका–९ स्थित जिरोमाइल चौकमा स्थानीयवासी, विभिन्न राजनीतिक दल र व्यापारीहरुले प्रदर्शन गरेका हुन् ।
उनीहरुले छोटी भन्सार खारेजीको निर्णय फिर्ता गर्नुपर्ने माग राखेका छन् ।
नेपाल सरकारले २१ वैशाख २०८३ मा राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि त्यसको विरोधमा स्थानीय निरन्तर आन्दोलित छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











































