05/20/2026, 14:04:41
बुधबार, जेठ ०६, २०८३

राष्ट्र बैंकद्वारा ३० अर्ब निक्षेप संकलन


काठमाडौँ, जेठ ६ गते । बुधबार नेपाल राष्ट्र बैंकले ३० अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट ९१ दिनको लागि ३० अर्ब रूपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।

यसको सावाँब्याज राष्ट्र बैंकले २०८३ भदौ ३ गते भुक्तानी गर्ने जनाएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..