काठमाडौँ, वैशाख ३१ गते । नेपाली खेलकुदको नियमनकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेलकुद सङ्घहरुलाई असार १५ गतेसम्म नविकरण गर्न निर्देशन दिएको छ ।
राखेपले बिहबिार गोरखापत्रमा एक सुचना प्रकाशन गरी खेल सङ्घहरुलाई नविकरणका लागि निर्देशन दिएको हो । राखेपमा दर्ता भएका विभिन्न खेल सङ्घले पटक पटक सुचना जारी गर्दा समेत नविकरणका लागि अटेर गर्दै आएका छन् ।
राखेपले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा नियमावली २०७९ बमोजिम नविकरण गर्न यसअघि जारी गरिएको सुचनालाई सङ्घहरुले कार्यान्वयन नगरेको उल्लेख गर्दै तोकिएको समयभित्र नवीकरण नगरिए प्रचलित कानून बमोजिम सङ्घ खारेजको प्रक्रिया अगाडि बढाइने पनि उल्लेख गरेको छ ।
राखेपमा हाल ७५ वटा राष्ट्रिय खेल सङ्घ तथा महासङ्घ रहेको छ । ती मध्धे आधा खेल सङ्घले नविकरण गरेका छैनन् । वार्षिक एक अर्ब रुपियाँको कारोबार गर्दै आएको नेपाल क्रिकेट सङ्घ (क्यान) लेसमेत नविकरण गरेको छैन ।
सङ्घहरुले नविकरणमा लागि सङ्घको नियमित साधारणसभा, वार्षिक प्रतिवेदन, विधान, भावी योजना, लेखा परीक्षण र कम्तीमा एउटा राष्ट्रिय स्तरको प्रतियोगिता गरेको कागजपत्र पेश गर्नुपर्ने कानुनी व्यवस्था छ ।


What if you could work from Anywhere?
Explore More with something that can change your Life!












































