काठमाडौँ, वैशाख २९ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कराते प्रशिक्षक कुशल श्रेष्ठले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाने क्रममा राखेपले सहयोग नगरेको भन्दै विभिन्न सञ्चार माध्याममार्फत लगाएको आरोपप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
राखेप प्रशान विभाग प्रमुख भोजानन्द राईले मङ्गलबार विज्ञप्ती जारी गर्दै प्रशिक्षक श्रेष्ठले लगाउनुभएको आरोपको खण्डनसमेत गरेको छ ।
राखेपकै सहायक प्रशिक्षक रहनुभएका श्रेष्ठ चर्चित कराते खेलाडी एरिका गुरुङको प्रशिक्षक हुनुहुन्छ । राखेपले प्रशिक्षक श्रेष्ठ र एरिका गुरुङलाई गरेको आर्थिक लगानी र सहायेगको विवरणसमेत सार्वजसिनक गरेको छ ।
विज्ञप्तीमा भनिएको छ :
राष्ट्रिय खेलकुद् परिषदले खेलाडीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी हुन जादाँ सहयोग गर्दै आएको सर्वविधितै छ । खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि यथासक्य आर्थिक सहयोग गर्नु दायित्व र जिम्मेवार पनि हो । विभिन्न खेलका खेलाडीहरू पछिल्लो समयमा पनि परिषद्को सहयोगमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी भइरहेका छन् ।
मिसन २०२६ अन्तर्गत विगत वर्षहरू देखि नै खेलाडीहरूलाई सिमित श्रोत साधानका बाबजुत नियमित विशेष प्रशिक्षण गराई रहेको छ । तर विगत दुई महिना देखि बजेट अभावमा सो प्रशिक्षण प्रभावित भएको छ । सोही क्रममा विशेष प्रशिक्षणमा रहेकी प्रतिभावान खेलाडी एरिका गुरुङ चीनको लेसानमा भएको कराते वान प्रिमियर लीगमा सहभागी भई नेपाललाई रजत पदक दिलाउन सफल भएकी थिइन ।
सो प्रतियोगितामा जानका लागि बजेट अभावका कारण आर्थिक सहयोग गर्न नसकिएको प्रति परिषद दुःखी बनेको छ । तर खेलाडी गुरुङलाई सो प्रतियोगितामा सहभागी हुन विभिन्न सस्थाहरूले सहयोग पुर्याउनु भएको थियो । सहयोगका लागि परिषद धन्यवाद ज्ञापन गर्दछ ।
तर सो प्रतियोगितामा परिषद्ले सहयोग नभएको भन्दै विभिन्न सन्चार माध्यमहरूमा परिषदका सहायक प्रशिक्षक समेत रहेका गुरुङका प्रशिक्षक कुशल श्रेष्ठले लगाएको आरोप प्रति परिषदको गंभिर ध्यानाकर्षण भएको छ । हाल सम्म एरिका गुरुङको प्रशिक्षण तथा क्षमता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता (एक्सपोजर) र पुरस्कार दिलाउन राखेपले पर्याप्त ध्यान दिएको र सहयोग गरेको जानकारी गराइन्छ ।
अन्तर्राष्ट्रिय सहभागिताका लागि चालु आर्थिक वर्षमा खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठलाई हवाईजहाज टिकट, खाना तथा बसोवास र फुटकर खर्च वापत २६८६५४३–(छब्वीस लाख छयासी हजार पाँच सय त्रिचालीस रुपयाँ मात्र) भुक्तानी भई सकेको छ । यस्तै आर्थिक वर्ष २०८०/२०८१ देखि हाल सम्म जम्म रु ४८६९०५२– (अठ्चालीस लाख उनान्सत्तरी हजार बाउन्न मात्र) भुक्तानी गरिएको जानकारी गराइन्छ ।


What if you could work from Anywhere?
Explore More with something that can change your Life!











































