

वासिङ्टन डिसी (अमेरिका) वैशाख २६ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबिच शनिबारदेखि सुरु हुन लागेको तीन दिने युद्धविराम सम्झौता बिस्तार हुने अपेक्षा व्यक्त गर्नुभएको छ । वासिङ्टनमा पत्रकारसँगको साक्षतकारमा बोल्दै राष्ट्रपति ट्रम्पले युद्धविरामको बिस्तार हेर्न चाहेको र यसको बलियो सम्भावना रहेको बताउनुभएको हो ।
यसअघि ट्रम्पले रूस र युक्रेनले पनि अस्थायी युद्धविराम सम्झौताको एक चरणका रूपमा एक हजार युद्धबन्दी आदान–प्रदान गर्ने घोषणा गर्नुभएको थियो । उहाँले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई व्यक्तिगत रूपमा यो प्रस्ताव गरेको र दुवै नेता यसमा सहमत भएको बताउनुभएको छ ।
राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य गर्ने उद्देश्यले हाल वार्ता जारी रहेको बताउनुभएको छ । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रूस र युक्रेनले तीन दिनको युद्धविराममा सहमत भएका छन्, जुन मे ९-११ सम्म लागु हुने बताइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











































