काठमाडौँ, वैशाख १० गते। विश्व फुटबल महासङ्घ (फिफा) र एसियाली फुटबल महासङ्घ (एएफसी) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्र लेख्दै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई गरेको निलम्बन फिर्ता लिन आग्रह गरेको छ ।
फिफा र एएफसीले एन्फाको स्वायत्ततामा हस्तक्षेत हुने भन्दै वैशाख २१ गते (मे ४) सम्म निलम्बन फिर्ताका लागि समयसीमा पनि तोकेको छ ।
यसअघि एन्फाले नेपालको खेलकुद ऐनलाई बेवास्था गर्दै तहगत निर्वाचन नगरी ‘अर्ली इलेक्सन’ को नाममा पुरानै प्रतिनिधिलाई समेटेर चैत १३ गतेका लागि निर्वाचन तय गरेको थियो ।
राखेपले खेलकुद ऐन अनुसार निर्वाचन नगरेको भन्दै चैत ११ गते एन्फालाई तीन महिना निलम्बन गरेको थियो । निलम्बन पछि एन्फाले झापामा तय गरेको निर्वाचन साधारण स्थगित गरी साभारणसभालाई सामान्य भेलामा परिणत गरेको थियो ।
फिफाले राखेपले तोकिएको मितिसम्म निर्णय फिर्ता नभए परिस्थिति थप जटिल हुन सक्ने सङ्केत पनि पत्रमार्फत उल्लेख गरेको छ ।


What if you could work from Anywhere?
Explore More with something that can change your Life!










































