04/23/2026, 11:05:54
बिहिबार, बैशाख १०, २०८३

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर


काठमाडौँ, वैशाख १० गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपियाँ ७८ पैसा र बिक्रीदर १५० रुपियाँ ३८ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ९१ पैसा र बिक्रीदर १७६ रुपियाँ ६१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपियाँ ३५ पैसा र बिक्रीदर २०३ रुपियाँ १६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १९१ रुपियाँ ६७ पैसा र बिक्रीदर १९२ रुपियाँ ४४ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ २० पैसा र बिक्रीदर १०७ रुपियाँ ६३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ६७ पैसा र बिक्रीदर ११० रुपियाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपियाँ ६३ पैसा र बिक्रीदर ११८ रुपियाँ १० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४१ पैसा र बिक्रीदर नौ रुपियाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ९५ पैसा र बिक्रीदर २२ रुपियाँ ०४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ ९४ पैसा र बिक्रीदर ४० रुपियाँ १० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ०९ पैसा र बिक्रीदर ४१ रुपियाँ २६ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६५ पैसा र बिक्रीदर चार रुपियाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ ७८ पैसा र बिक्रीदर ४० रुपियाँ ९४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ९० पैसा र बिक्रीदर ३७ रुपियाँ ०५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ १३ पैसा र बिक्रीदर १० रुपियाँ १७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ३३ पैसा र बिक्रीदर १६ रुपियाँ ४० पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ५४ पैसा र बिक्रीदर २३ रुपियाँ ६३ पैसा तोकिएको छ ।

यसैगरी हङकङ डलर एकको खरिददर १९ रुपियाँ १२ पैसा र बिक्रीदर १९ रुपियाँ २० पैसा, कुवेती दिनार एकको खरिददर ४८८ रुपियाँ ७६ पैसा र बिक्रीदर ४९० रुपियाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर ३९७ रुपियाँ २९ पैसा र बिक्रीदर ३९८ रुपियाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३८९ रुपियाँ ०३ पैसा र बिक्रीदर ३९० रुपियाँ ५९ पैसा तोकिएको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..