04/21/2026, 15:12:04
मङ्गलबार, बैशाख ०८, २०८३

टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्ति सूचीमा प्रधानमन्त्री वालेन्द्र शाह !


काठमाडौँ, वैशाख ३ गते । प्रधानमन्त्री वालेन्द्र शाहलाई ‘टाइम म्यागेजिन’ले सन् २०२६ को लागि सार्वजनिक गरेको १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश गरेको छ ।

म्यागेजिनले ३५ वर्षीय शाहलाई पूर्व ‘हिप–हप’ कलाकारदेखि नेपालको सबैभन्दा कान्छा प्रधानमन्त्री भन्दै उहाँको यात्राबारे चर्चा गर्दै दक्षिण एसियाली राजनीतिमा नयाँ तरङ्ग ल्याउने व्यक्तिको रूपमा चित्रण गरेको छ ।

प्रधानमन्त्री शाहको उदय युवा पुस्ताको समर्थन र पुराना राजनीतिक दल तथा संरचनाप्रतिको असन्तुष्टिको परिणाम भएको म्यागेजिनले जनाएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख रहँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको सुधारको चर्चा गर्दै प्रधानमन्त्रीको जिम्मेवारीमा शाहप्रतिको नेपाली जनताको विश्वाससँगै प्रभावकारी नेतृत्व निर्वाहको अपेक्षाबारे पनि चर्चा गरेको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..