काठमाडौँ, चैत २५ गते । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरूबाट २५ अर्ब रूपैयाँ निक्षेप तान्ने भएको छ । मध्यान्ह ३ बजे बोलकबोलमार्फत राष्ट्र बैंकले सो रकम ५६ दिनको अवधिका लागि तान्नेछ ।
यसमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । सहभागी संस्थाले आफ्नो ब्याजदर प्रस्ताव गर्नुपर्नेछ भने बहुबोलकबोलमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकता दिइनेछ । हाल बैंकहरूमा अधिक तरलता रहेको छ र राष्ट्र बैंकले यसलाई व्यवस्थापन गर्न पटक–पटक बोलकबोलमार्फत पैसा तानेको छ ।
आजको बोलकबोलमा बैंकहरूले १० करोड रूपैयाँको गुणकमा न्यूनतम १० करोडदेखि अधिकतम ५० करोडसम्म प्रस्ताव गर्न सक्नेछन् । राष्ट्र बैंकमा राखिएको निक्षेप अन्य बैंक वा वित्तीय संस्थामा धितोको रूपमा पनि प्रयोग गर्न सकिनेछ । ५६ दिनपछि अर्थात् जेठ २० मा मूलधन र ब्याज बैंकहरूलाई फिर्ता गरिनेछ । कम कर्जा माग भएका बेला यो उपाय बैंकहरूको तरलता व्यवस्थापनका लागि उपयुक्त विकल्प सावित हुने देखिन्छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
