04/05/2026, 17:56:30
आइतबार, चैत २२, २०८२

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना


भोजपुर, चैत १७ गते । जिल्लाको बोखिमस्थित पञ्चकन्या माध्यमिक विद्यालयमा डा.नरहाङ तामाङ र तीर्थराज योञ्जन (तामाङ)ले आफ्नो परिवारको तर्फबाट स्वर्गीय बुबा नरबहादुर तामाङ तथा जीवित सीतामाया तामाङको संयुक्त नाममा रु एक लाख एक हजार १११ को अक्षयकोष स्थापना गरी विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

स्थापित अक्षयकोषबाट विद्यालयका शिक्षक तथा शिक्षिकाको कार्यसम्पादन मूल्यांकन गर्दै उत्कृष्टता प्रोत्साहन गर्ने र समग्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य  राखिएको तीर्थराजले जानकारी दिए ।

 

बाल्यकाल शिक्षा प्राप्त गरेको विद्यालयप्रति कृतज्ञता व्यक्त गर्दै दाताहरूले शिक्षाको गुणस्तर सुधारमा सानो योगदान पुर्‍याउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको बताएका छन् ।

स्थानीयस्तरमा यस्ता सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधारमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..