काठमाडौँ, फागुन २९ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको शुक्रबार पशुपतिनाथस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
हिन्दु धार्मिक परम्पराअनुसार सम्पन्न अन्त्येष्टि संस्कारका क्रममा अध्यक्ष ओलीले आफ्ना पिताको पार्थिव शरीरमा दागबत्ती दिएका थिए।
मोहनप्रसाद ओलीको शुक्रबार बिहान ९७ वर्षको उमेरमा भक्तपुरको मध्यपुरथिमिस्थित नेपाल-कोरिया मैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
उनीलाई बिहान करिब ४ बजेतिर उपचारका लागि अस्पताल पुर्याइएको बताइएको छ। विगत करिब छ महिनादेखि सोही अस्पतालमा उनको नियमित स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको थियो।
निधनपछि अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित अस्पताल पुगेर पिताप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
