04/07/2026, 15:18:44
मङ्गलबार, चैत २४, २०८२

निर्वाचनको पर्यवेक्षण गर्दै नेपाल बार एसोसिएसन


काठमाडौँ, माघ १२ : नेपाल बार एसोसिएसनले स्वतन्त्र रूपमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको अनुगमन गर्ने भएको छ।

२१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनमा अनुगमन गर्न पर्यवेक्षक संस्थाहरूसँग सहकार्यमा अनुगमन गरिने बारका महासचिव केदार कोईरालाले बताए।

बारले निर्वाचन प्रक्रिया प्रारम्भदेखि मतगणना परिणाम प्रकाशित हुने बेलासम्मका गतिविधि अनुगमन गर्नेछ।