काठमाडौँ, भदौ २० : नेपालले शनिबार र मंगलबार बंगलादेशसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दैछ। एन्फाले शुक्रबार प्रि–म्याच कन्फ्रेन्सको आयोजना गर्दैै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतिस्पर्धाबारे जानकारी दिएको हो।

प्रि–म्याच कन्फ्रेन्समा मुख्य प्रशिक्षक रस म्याटले कुरा गर्दै बंगलादेशसाग राम्रो प्रतिस्पर्धा हुने बताउनुभयो। दशरथ रंगशालामा हुन लागेको खेल नेपालका लागि महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ। रसले बंगलादेश नेपालका लागि बलियो प्रतिद्वन्द्वी हुने बताउनुभयो।

यस्तै नेपालका कप्तान किरण चेम्जोङले तयारी राम्रो भएको जनकारी गराउनुभयो। घरेलु मैदानमा खेल्न उत्साहित रहेको र घरेलु दर्शक सामु खेल्दा खेल रोचक हुने अपेक्षा गरेको उहाँले बताउनु भयो।

त्यस्तै बंगलादेशका प्रशिक्षक जेभियर क्याब्रेराले खेलका लागि राम्रो तयारी गरेर आएको बताउनुभयो। नेपाली टोलीसँग खेल्नलाई पनि राम्रो तयारी पुगेको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, ‘दुबै टोली बलियो भएकोले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरेको छु।’

बंगलादेशका कप्तान जमाल भुयाले मैत्रीपूर्ण फुटबल खेलले एसियन कप छनोटको लागि राम्रो तयारी हुने बताउनुभयो।

नेपाल र बंगलादेशको पहिलो खेल दशरथ रङ्गशालामा शनिबार साँझ ५ः३० बजे हुँदैछ। दोस्रो खेल मंगलबार हुनेछ। खेल हेर्न भिआईपी टिकटको एक हजार र साधारण पाँच सय रुपियाँ तोकिएको छ।

– केशब गुरुङ
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
