

काठमाडौँ, असोज ३ गते । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान दिवस २०८३ को अवसरमा शुभकामना दिँदै संविधानसभाबाट जारी संविधानका उपलब्धीहरूलाई जनताको जीवनसँग जोड्नु र बाँकी कार्यभार पूरा गर्नु आजको मुख्य दायित्व भएको बताउनुभएको छ।
संविधानले परिकल्पना गरेको वास्तविक परिवर्तन हासिल गर्न सबै राजनीतिक तथा लोकतान्त्रिक शक्तिहरूको एकताबद्ध प्रयास आवश्यक रहेको उहाँको भनाइ छ।
संयोजक प्रचण्डले संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र जनताले प्राप्त गरेका अधिकारहरूलाई पछाडि फर्काउने कुनै पनि प्रयत्न स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। संविधानका मूल्य-मान्यता र जन-अधिकारलाई कमजोर पार्ने गतिविधिविरुद्ध सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो।
शुभकामना सन्देशमा उहाँले राजनीतिक परिवर्तनलाई आर्थिक-सामाजिक रूपान्तरणसँग जोड्दै शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन र समान अवसरमा सबै नागरिकको पहुँच सुनिश्चित गर्नुपर्ने उल्लेख गर्नुभयो।
संविधान केवल कानुनी दस्तावेज मात्र नभई नेपाली जनताको त्याग र बलिदानको ऐतिहासिक अभिव्यक्ति भएकाले यसको आत्मालाई जनताको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



































