

काठमाडौँ, असोज ३ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा शुभकामना दिँदै संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्न संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभएको छ।
स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गर्दै उहाँले मुलुकको हित र रक्षाका लागि सम्पूर्ण देशभक्त तथा लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुनुपर्ने बताउनुभएको हो।
शुभकामना सन्देशमा अध्यक्ष ओलीले लोकतान्त्रिक, वामपन्थी एवं विभिन्न समुदायका आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। उहाँले संविधान जारी भएलगत्तै मुलुकले सामना गर्नुपरेको अघोषित नाकाबन्दीको कठिन परिस्थितिलाई स्मरण गर्दै त्यस चुनौतीपूर्ण समयले नै नेपालीहरूलाई संविधानको रक्षा र राष्ट्रिय स्वाधीनताका लागि एकताबद्ध हुन प्रेरित गरेको उल्लेख गर्नुभएको छ।
साथै, आफ्नो नेतृत्वको तत्कालीन सरकारले संविधान निर्माणपछिको कठिन घडीमा पनि छोटो समयमै आवश्यक कानुन निर्माण र संरचनात्मक पूर्वाधार विकासमार्फत संविधानलाई सफलताका साथ कार्यान्वयनको चरणमा पुर्याएको दाबी उहाँले गर्नुभएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


































