09/17/2026, 13:26:39
बिहिबार, असोज ०१, २०८३

अर्थमन्त्री डा. वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै: सीतारमण र जयशंकरसँग भेटवार्ता हुने


काठमाडौँ, असोज १ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीन दिने औपचारिक भ्रमणका लागि बिहीवार ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली प्रस्थान गर्नुहुने भएको छ। मन्त्रीपरिषद्को बुधवार बसेको बैठकले उहाँको यो भ्रमण स्वीकृत गरेको हो। भ्रमण टोलीमा अर्थ र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू सहभागी रहनेछन्।

यो भ्रमणको मुख्य उद्देश्य नेपालमा विपद्पछिको पुनर्निर्माणका साथै दुई देशबिचको आर्थिक, राजनीतिक र कूटनीतिक सहकार्यलाई थप मजबुत बनाउनु रहेको अर्थ मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ताका साथै आर्थिक तथा प्राज्ञिक कार्यक्रमहरू तय गरिएका छन्।

भ्रमणको पहिलो दिन बिहीवार साँझ अर्थमन्त्री डा. वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। शुक्रवार भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्नेछन्। सोही दिन पूर्व विदेशसचिव श्याम शरणद्वारा आयोजित उच्चस्तरीय कूटनीतिक संवाद तथा भारत व्यापार सम्वर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफको बृहत भेटघाट कार्यक्रममा उहाँ सहभागी हुनुहुनेछ।

शनिवार बिहान भारतीय उद्योग परिसंघ (CII) ले आयोजना गर्ने औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सम्बोधन गरेपछि दिउँसो दिल्ली स्कुल अफ इकोनोमिक्समा विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी भई उहाँ शनिबार साँझै नेपाल फर्किनुहुनेछ।

भ्रमणका मुख्य कार्यक्रम तथा कार्यतालिका:

मिति / समयकार्यक्रम / भेटवार्ताआयोजक / सहभागी
बिहीवार साँझ ५ बजेभारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ताभारत सरकार
शुक्रवारविदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ताभारत सरकार
शुक्रवारउच्चस्तरीय कूटनीतिक संवाद (प्रमुख अतिथि)श्याम शरण (पूर्व विदेशसचिव)
शुक्रवारबृहत भेटघाट कार्यक्रमजावेद अश्राफ (अध्यक्ष, भारत व्यापार सम्वर्धन सङ्गठन)
शनिवार बिहानप्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलन (प्रमुख वक्ता)भारतीय उद्योग परिसंघ (CII)
शनिवार दिउँसोविकास अर्थनीतिबारे प्राज्ञिक छलफल (प्रमुख अतिथि)दिल्ली स्कुल अफ इकोनोमिक्स