09/16/2026, 12:50:25
बुधबार, भदौ ३१, २०८३

मनास्लु आरोहणको सिजन सुरु: आधार शिविरमा आरोहीको चहलपहल, पूजापाठ गरी आरोहणको तयारी


काठमाडौँ, भदौ ३१ गते । विश्वको आठौँ अग्लो हिमाल मनास्लु (८,१६३ मिटर) आरोहणका लागि शरद ऋतु (Autum season) को मुख्य सिजन सुरु भएसँगै आधार शिविरमा आरोही, शेर्पा तथा सहयोगीहरूको बाक्लो चहलपहल सुरु भएको छ।

गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु आधार शिविरमा आरोहण टोलीहरू भेला भएर तयारीमा जुटेका हुन्।

चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार आरोहण सुरक्षित र सफल होस् भन्ने कामनासहित स्थानीय परम्परा अनुसार हिमाल र प्रकृतिको पूजापाठ गरिएको छ।

आरोहीहरूले आधार शिविरमा पाल तथा अन्य संरचना निर्माण गर्ने, सामग्री व्यवस्थापन गर्ने र उचाइसँग अभ्यस्त हुने (Acclimatization) काम गरिरहेका छन्। कठिन भूगोल, अत्यधिक चिसो र हिमपहिरोको जोखिमका कारण चुनौतीपूर्ण मानिने मनास्लुमा आरोहीहरू उपयुक्त मौसमको पर्खाइमा रहेका छन्।

पर्यटक तथा आरोहीको आगमन बढेसँगै सामागाउँसहित आसपासका बस्तीहरूमा चहलपहल बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिनुभयो।

आरोहणसम्बन्धी मुख्य विवरण:

विषयविवरण
स्थान / हिमालमनास्लु आधार शिविर (सामागाउँ, चुमनुब्री–१, गोरखा)
मुख्य गतिविधिआरोहणपूर्व पूजापाठ, क्याम्प व्यवस्थापन र अनुकूलन (Acclimatization)
विशेषता/चुनौतीविश्वको ८ औँ अग्लो हिमाल, हिमपहिरो र भूगोलको जोखिम
सम्बन्धित पदाधिकारीनिमा लामा (अध्यक्ष, चुमनुब्री गाउँपालिका), मनोज लामिछाने (प्रमुख प्रशासकीय अधिकृत)