09/16/2026, 09:49:46
बुधबार, भदौ ३१, २०८३

सङ्घीय संसद्का दुवै सदन र तीन संसदीय समितिको बैठक आज बस्दै (कार्यसूची सहित)


काठमाडौँ, भदौ ३१ गते । सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक आज बुधबार बस्दैछ। अपराह्न १:०० बजे बस्ने प्रतिनिधिसभा बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता वादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्‘ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

त्यस्तै, अपराह्न १:१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम छ। बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन‘ पेस गर्नुहुनेछ।

राष्ट्रियसभाको आजैको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३ माथि छलफल गरियोस्‘ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यसका साथै, आजै संसद्का विभिन्न तीन वटा विषयगत समितिहरूको बैठक पनि बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्ने कार्यतालिका छ।

संसद् र समिति बैठकको मुख्य कार्यसूची:

निकाय/सदनबैठक समयमुख्य कार्यसूची तथा प्रस्तुतकर्ता
प्रतिनिधिसभाअपराह्न १:०० बजे‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् (मन्त्री सिता वादी)
राष्ट्रियसभाअपराह्न १:१५ बजे

– पूर्वाधार र स्वास्थ्य मन्त्रालयसम्बन्धी प्रश्नोत्तर


– ‘सङ्क्रामक पशु रोग विधेयक’ प्रतिवेदन पेस (कृष्णबहादुर रोकाया)


– ‘मधेस प्रदेश खानेपानी/जलस्रोत अध्ययन प्रतिवेदन’ माथि छलफल प्रस्ताव (कृष्णप्रसाद पौडेल)

संसदीय समितिहरूआजै

– अर्थ समिति


– शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति


– राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व अनुगमन समिति