

मुस्ताङ, भदौ २८ गते । मुस्ताङमा आइतबार हिम-पहिरो गएको भन्दै सामाजिक सञ्जालमा भ्रमपूर्ण र झुटो सूचना प्रसारित भएकोप्रति जिल्ला प्रहरी कार्यालय मुस्ताङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
केही वर्ष अगाडि थासाङ गाउँपालिकास्थित धौलागिरी आइसफलबाट खसेको पुरानो हिमपहिरोको भिडियोलाई आजै खसेको भन्दै सामाजिक सञ्जालमा भाइरल बनाइएपछि प्रहरीले उक्त खबर पूर्णतः असत्य रहेको स्पष्ट पारेको हो।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक (डिएसपी) रामचन्द्र तिवारीका अनुसार पुरानो भिडियो पोस्ट गरी सर्व-साधारणमा त्रास फैलाउनेहरूको खोजी भइरहेको र उनीहरूलाई विद्युतीय कारोबार ऐनअनुसार कडा कानुनी कारबाही गरिनेछ।
प्रहरीले त्यस्ता भ्रमपूर्ण सामग्रीहरू तत्काल हटाउन अनुरोध गर्दै मुस्ताङमा हाल कुनै समस्या नरहेको र कालीगण्डकी करिडोर (बेनी–जोमसोम सडकखण्ड) तथा हवाई मार्गबाट पर्यटकहरू निर्वाध रूपमा आवत-जावत गरिरहेको जानकारी दिएको छ।
बाढी–पहिरोजस्ता विपद्का बेला गलत सूचना फैलाएर त्रास सिर्जना नगर्न आग्रह गर्दै प्रहरीले मुस्ताङ सम्बन्धी कुनै पनि जानकारी वा समाचार आवश्यक परेमा सम्बन्धित सुरक्षा निकाय तथा आधिकारिक स्रोतबाट मात्र पुष्टि गर्न सर्वसाधारणमा हार्दिक अपिल गरेको छ।
| क्र.सं. | विषय / क्षेत्र | मुख्य विवरण |
| १ | भ्रमपूर्ण विषय | मुस्ताङमा आइतबार हिम-पहिरो गएको भन्दै पुरानो भिडियो भाइरल गराइएको। |
| २ | प्रहरीको कदम | अफवाह फैलाउनेको खोजी सुरु; विद्युतीय ऐन अनुसार कानुनी कारबाही गरिने चेतावनी। |
| ३ | हालको वस्तुस्थिति | मुस्ताङ सुरक्षित; बेनी–जोमसोम सडक र हवाई मार्गबाट आवतजावत सामान्य। |
| ४ | प्रहरीको आग्रह | भ्रमपूर्ण सामग्री हटाउन र आधिकारिक स्रोतबाट मात्र सूचना पुष्टि गर्न अपिल। |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





































