काठमाडौँ, भदौ २२ गते । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार १८.०७ अंकले बढेको छ। यस वृद्धिसँगै नेप्से परिसूचक २५६० अंकमा पुगेर बन्द भएको छ। योसँगै सेयर बजार लगातार चौथो कारोबार दिन हरियो अंकमा बन्द भएको हो। यसअघि अघिल्लो कारोबार दिन नेप्से ४.६६ अंकले बढेको थियो।
सोमबार बजारमा उतारचढाव भने न्यून रह्यो। दिनभरको कारोबारमा नेप्से न्यूनतम २५४२ देखि अधिकतम २५६५ अंकको दायराभित्र सीमित रह्यो। परिसूचकसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ। अघिल्लो दिन ३ अर्ब ४६ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आज ३ अर्ब ८३ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।
आज कुल १९५ कम्पनीको सेयर मूल्य बढ्दा ७९ कम्पनीको घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ।
निर्जीवन बीमा समूहमा उच्च आकर्षण
उपसूचकतर्फ आज निर्जीवन बीमा समूह सबैभन्दा धेरै २.०५ प्रतिशतले बढेको छ। भदौ १० गतेको बाढीपहिरोपछि सो समूहको सेयर मूल्यमा भारी गिरावट आएको थियो। विगतमा मूल्य केही तल झरेकाले सोमबार लगानीकर्ताको आकर्षण यस समूहमा देखिएको हो।
यस्तै बैंकिङ १.१५, विकास बैंक ०.१३, होटल तथा पर्यटन ०.३१, जलविद्युत् ०.५१, लगानी ०.०४, जीवन बीमा ०.४५, उत्पादन तथा प्रशोधन १.२४, माइक्रोफाइनान्स ०.६१ र अन्य समूह ०.५० प्रतिशतले बढेका छन्। यता व्यापार समूह ०.०९ प्रतिशत र फाइनान्स समूह ०.४३ प्रतिशतले घटेका छन्।
कमाउने र गुमाउने कम्पनीहरू
आज पियोर इनर्जीको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। त्यस्तै गणपति लघुवित्तको ७.३५, श्रीनगर एग्रिटेकको ६.२६, कालिका लघुवित्तको ६.२२, सागर डिस्टिलरीको ६.२०, रावा इनर्जीको ५.३२, शिखर इन्स्योरेन्सको ५.२४ र एसवाई प्यानलको ४.९२ प्रतिशतले मूल्य बढेको छ।
गुमाउनेतर्फ इमर्जिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको सेयर मूल्य समान १५ प्रतिशतले घटेको छ। सिन्धु र जानकीलाई मुक्तिनाथ विकास बैंकले प्राप्ति (एक्विजिसन) गर्ने समझदारी पछि मूल्यमा गिरावट आएको हो। त्यस्तै अपर लोहोरेखोलाको १३.३३ प्रतिशत र आशा लघुवित्तको ७.३९ प्रतिशतले मूल्य घटेको छ।
आज कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, गरिमा विकास बैंक, सोलु हाइड्रोपावर, एसवाई प्यानल, सुपरमादी, शिवम् सिमेन्ट, रिडी पावर, नबिल बैंक र सिद्धार्थ बैंक अग्रस्थानमा रहे।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
































