09/07/2026, 13:21:25
सोमबार, भदौ २२, २०८३

सुन तोलामा २४ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो


काठमाडौँ, भदौ २२ गते। नेपाली बजारमा आज सुनको मूल्यमा ठुलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार ४०० रुपैयाँले ओरालो लागेको हो। मूल्य घटेसँगै आज सुन प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, १० ग्राम सुनको मूल्य दुई लाख ५८ हजार ८३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। पछिल्लो समय उतारचढाव भइरहेको सुनको मूल्यमा आज आएको गिरावटले बजारमा खरिदकर्ताहरूलाई केही राहत पुगेको छ।

सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर चार हजार ६९० रुपैयाँमा कारोबार भइरहेको छ।