

काठमाडौँ, भदौ २२ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोबिच सोमबार टेलिफोन वार्ता भएको छ।
वार्ताका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्दै विपत्को यस कठिन घडीमा नेपाली जनता तथा सरकारप्रति ऐक्यबद्धता जनाउनुभएको छ।
सो अवसरमा सभापति लामिछानेले नेपाल सरकारको जारी खोजी, उद्धार तथा राहत वितरणका प्रयासमा पार्टीका तर्फबाट अधिकतम सहयोग भइरहेको जानकारी गराउनुभयो। साथै, बाढीबाट प्रभावित भएका विदेशी नागरिकहरूको सुरक्षा तथा संरक्षणका लागि नेपाल प्रतिबद्ध रहेको विश्वास दिलाउँदै उहाँले अमेरिकी सरकारबाट प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो।
टेलिफोन वार्ताका क्रममा विदेशमन्त्री रुबियोले विपत् व्यवस्थापन, राहत र पुनर्निर्माणका लागि नेपाल सरकारलाई थप आवश्यक सहयोग उपलब्ध गराउन अमेरिकी सरकार तयार रहेको प्रतिबद्धता जनाउनुभएको रास्वपाले जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


































