09/01/2026, 11:30:31
मङ्गलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी

राहत, उद्धार र पुनःस्थापनाका लागि रास्वपाले बोलायो सर्वदलीय बैठक


काठमाडौँ, भदौ १६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावितहरूको राहत, उद्धार तथा पुनःस्थापनाका विषयमा छलफल गर्न मङ्गलबार सर्वदलीय बैठक बोलाएको छ। विपद्पछिको तत्कालीन राहत तथा उद्धारसँगै दीर्घकालीन पुनःस्थापनाका लागि राजनीतिक दलहरूबीच साझा धारणा बनाउने उद्देश्यले बैठक आयोजना गरिएको हो।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा विभिन्न राजनीतिक दलका दोस्रो तहका नेताहरूको सहभागिता रहनेछ। छलफल मुख्यतया बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत वितरण, बेपत्ताको खोजी, शव व्यवस्थापन तथा प्रभावित क्षेत्रको समग्र पुनःस्थापनाका विषयमा केन्द्रित हुनेछ।

यस्तै, बैठकमा बाढी प्रभावित क्षेत्रमा राज्यका निकायहरूबाट हालसम्म भइरहेका उद्धार तथा राहत कार्यहरूको समीक्षा गरिनेछ। साथै, आगामी दिनमा उद्धार तथा सहायतालाई थप प्रभावकारी र द्रुत बनाउन अपनाउनुपर्ने उपायहरूबारे पनि गहन छलफल हुने बताइएको छ।