

काठमाडौँ, भदौ ६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यहरूका लागि आयोजना गरेको ‘नीति, सङ्गठन र नेतृत्व’ सम्बन्धी दुईदिने कार्यशाला काठमाडौँमा सुरु भएको छ। ‘रास्वपा कार्यशाला–नीति, सङ्गठन र नेतृत्व, शृङ्खला–१‘ नाम दिइएको यस कार्यक्रममा पार्टीको नीति निर्माण, सङ्गठन सुदृढीकरण तथा नेतृत्व क्षमता विकासका विषयमा गहन छलफल भइरहेको छ।
कार्यशालाको पहिलो दिन अनिल चित्रकार, उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री विपिनकुमार आचार्य, पूर्वसचिव सुरेन्द्र अर्याल र उपसभापति सोविता गौतमले विविध विषयमा प्रस्तुति दिने कार्यक्रम छ। उहाँहरूले देशको वर्तमान अवस्था, पार्टीको सामाजिक लोकतन्त्रको आधार, मूल्य-मान्यता, बजेट निर्माण प्रक्रिया र सरकार-पार्टी अन्तरसम्बन्धबारे आफ्ना धारणा राख्नुहुनेछ।
दोस्रो दिन निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी र सङ्गठन विभाग प्रमुख प्रमोद न्यौपानेले सङ्गठनात्मक ढाँचा, केन्द्रीय सदस्यको भूमिका र मिडिया प्रयोगसम्बन्धी प्रस्तुति दिनेछन्। रास्वपाले आफ्ना नेता तथा कार्यकर्तालाई वैचारिक रूपमा स्पष्ट पार्न र आगामी रणनीति तय गर्न यो कार्यशाला आयोजना गरेको हो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





























