

काठमाडौँ, भदौ ५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिमा नौ जना नयाँ सदस्य मनोनयन गर्नुका साथै पदाधिकारी तथा विभागीय जिम्मेवारी बाँडफाँड गरेको छ। पार्टी बैठकले सुनिल लम्साल, सुधन गुरुङ, प्रतिभा रावल, भूपदेव शाह, पुरुषोत्तम सुप्रभात यादव, डा. मनोहर प्रधान, बसुमाया तामाङ, सुरेन्द्र चौधरी र डा. भक्तबहादुर राईलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ।
नयाँ जिम्मेवारी अनुसार सह-महामन्त्रीमा पुरुषोत्तम सुप्रभात यादव, कोषाध्यक्षमा डा. मनोहर प्रधान, सह-कोषाध्यक्षमा बसुमाया तामाङ, प्रवक्तामा जगदीश खरेल तथा सह-प्रवक्तामा डा. नमिता यादव र सुरेन्द्र चौधरी चयन हुनुभएको छ। यस्तै, सङ्गठन विभाग प्रमुखमा प्रमोद न्यौपाने, अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा शिशिर खनाल, जन-स्वास्थ्य विभागमा डा. तोसिमा कार्की, पूर्वाधार विभागमा निशा डाँगी र अर्थ विभाग प्रमुखमा लिमा अधिकारी आचार्यलाई जिम्मेवारी दिइएको छ।


बैठकले आगामी स्थानीय निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा–२०८३’ अनुमोदन गर्दै ४६० गाउँपालिकामा नेताहरू परिचालन गर्ने र ‘राइट टु रिकल’ दस्तावेज निर्माणका लागि महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गर्ने निर्णयसमेत गरेको छ। साथै, आगामी असोजदेखि ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने र मधेस प्रदेशमा साङ्गठनिक अडिट गर्न सह-महामन्त्री हरि ढकालको नेतृत्वमा समिति बनाउने निर्णय भएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






























