

काठमाडौँ, भदौ २ गते । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि अधिकांश भूभागमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।
आज दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ। हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पहाडी भू–भागका धेरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। मधेश प्रदेश तथा कोशी प्रदेशको तराईका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
राति पनि वर्षाको सम्भावना
आज राति हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ। कोशी प्रदेशको तराईमा सामान्य बदली तथा बाँकी तराई भू–भागमा आंशिक बदली रहने अनुमान छ।
रातिको समयमा हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, कोशी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा समेत मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसममा आएको परिवर्तनका कारण भारी वर्षा हुने सम्भावना भएका पहाडी क्षेत्रमा पहिरो तथा सडक अवरुद्ध हुन सक्ने र हावाहुरीसहित चट्याङको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।
स्रोत : मौसम पूर्वानुमान महाशाखा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






















