

काठमाडौँ, साउन ३० गते । विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई केन्द्रमा राखेर निर्माण गरिएको वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को ट्रेलर सार्वजनिक गरिएको छ।
दुई वर्षको गहन अनुसन्धान र छायाङ्कनपछि तयार पारिएको ५० मिनेट लामो यो वृत्तचित्रमा समुद्री सतहदेखि सगरमाथाको चुचुरोसम्मको असाधारण यात्रालाई समेटिएको छ। पूर्णतः वास्तविक दृश्यहरूमा आधारित यस वृत्तचित्रमा कुनै पनि कृत्रिम वा कम्प्युटर सिर्जित (VFX) दृश्य प्रयोग गरिएको छैन। निर्मल श्रेष्ठको निर्देशन तथा सञ्चारकर्मी सन्तोष आचार्य र निर्मल श्रेष्ठको लेखन रहेको वृत्तचित्रमा वरिष्ठ सञ्चारकर्मी भूषण दाहालको सशक्त आवाज (Voiceover) रहेको छ।


वृत्तचित्रमा ५० वर्ष नाघेका राज गुरुङको प्रेरणादायी आरोहण यात्राका साथै कीर्तिमानी आरोहीहरू फुर्वा तेन्जिङ शेर्पा र निमा ग्याल्जेन शेर्पाको मुख्य भूमिका रहेको छ। उमेर र आफ्नै सीमाहरूलाई चुनौती दिँदै असम्भवलाई सम्भव बनाउने मानवीय अठोट, शेर्पा समुदायको अतुलनीय योगदान र हिमाली वातावरणमा जलवायु परिवर्तनले पारेको गम्भीर प्रभावलाई यसले मिहीन ढङ्गले प्रस्तुत गरेको छ। नेपाली र अङ्ग्रेजी दुवै भाषामा तयार पारिएको यो वृत्तचित्रले सगरमाथालाई केवल एउटा हिमालका रूपमा नभई मानवीय साहस, सङ्घर्ष र दृढसङ्कल्पको प्रतीकका रूपमा पर्दामा उतारेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


























