

कैलाली, साउन २८ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभामा सम्बोधन गर्दै आफ्नो पदबाट राजीनामा दिनुभएको छ। नेपाली कांग्रेस संसदीय दलको निर्णयपछि उहाँले राजीनामा घोषणा गर्नुभएको हो। शाह २०७९ माघ २६ गते पहिलो पटक र २०८१ साउन २० गते दोस्रो पटक सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।
सत्ता साझेदार दल नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका विषयमा विवाद उत्पन्न भई नयाँ आर्थिक वर्ष सुरु हुँदासमेत प्रदेश बजेटविहीन अवस्थामा पुगेको थियो।
मुख्यमन्त्रीको राजीनामासँगै नयाँ सरकार गठनको बाटो खुलेको छ। केन्द्रीय समीकरण अनुसार सुदूरपश्चिममा नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!































