08/11/2026, 08:30:10
मङ्गलबार, साउन २६, २०८३
मोडल हन्ट नेपाल २०२६

‘मोडल हन्ट नेपाल २०२६’ को उपाधि परन्तप र लिजालाई


काठमाडौँ, साउन २६ गते । प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०२६’ को उपाधि परन्तप भण्डारी र लिजा श्रेष्ठले जितेका छन्।

विजेता बनेसँगै दुवैले रु. ५ लाख बराबरको पुरस्कारसहित आगामी डिसेम्बरमा कम्बोडियामा हुने ‘मिस एन्ड मिस्टर सेलिब्रेटी इन्टरनेसनल’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका छन्। विधागततर्फ भण्डारीले बेस्ट वाक, बेस्ट फिजिक्स र बेस्ट फिगर तथा श्रेष्ठले कमर्सियल मोडेलको उपाधि पनि हात पारे।

कुल ४२ प्रतिस्पर्धी सहभागी फाइनलमा पुरुषतर्फ अनुस्कृत न्यौपाने र सुशान्त प्रजापति तथा महिलातर्फ प्रियङ्का ओली र खुसी बोहरा क्रमशः प्रथम र सेकेन्ड रनरअप घोषित भए। माल्भिका सुब्बा र प्रशान्त ताम्राकार लगायतको निर्णायक मण्डल रहेको सो प्रतियोगितामा अन्य विभिन्न विधाका उत्कृष्ट प्रतिभाहरूलाई पनि पुरस्कृत गरिएको थियो।

मुख्य विजेताहरू:

पुरुषतर्फ: परन्तप भण्डारी (उपाधि: बेस्ट वाक, बेस्ट फिजिक्स र बेस्ट फिगर)
महिलातर्फ: लिजा श्रेष्ठ (उपाधि: कमर्सियल मोडेल)

पुरस्कार तथा अवसर: रु. ५ लाख बराबरको पुरस्कार र डिसेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एन्ड मिस्टर सेलिब्रेटी इन्टरनेसनल’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर।

रनरअपहरू:

पुरुषतर्फ:
प्रथम रनरअप: अनुस्कृत न्यौपाने
सेकेन्ड रनरअप: सुशान्त प्रजापति

महिलातर्फ:
प्रथम रनरअप: प्रियङ्का ओली
सेकेन्ड रनरअप: खुसी बोहरा

अन्य सब-टाइटल तथा विधाका विजेताहरू:

मस्ट पपुलर: मनिष ओली र काया थापा
मस्ट स्टाइलिस: सुशील थापा मगर र काया थापा
बेस्ट पर्सनालिटी: अनुष सक्सेना र उगेश्ना तिमल्सिना
पब्लिक च्वाइस: सुशान्त प्रजापति र प्रियङ्का ओली
मस्ट फोटोजेनिक: सुशान्त प्रजापति र कृशला सङ्गत
बेस्ट वाक (महिला): अस्निका ठकुरी
बेस्ट फिजिक्स र बेस्ट फिगर (महिला): सिम्रन कार्की
कमर्सियल मोडेल (पुरुष): अनुस्कृत न्यौपाने
बेस्ट कन्टेन्ट क्रिएटर: सृष्टि न्यौपाने