

काठमाडौँ, साउन १७ गते। नयाँ नेतृत्व आएपछि नेपाल वायुसेवा निगममा व्यवस्थापकीय सुधार, आम्दानी वृद्धि र सञ्चालनमा सकारात्मक सुधार देखिएको निगमले जनाएको छ।
गत असार ३० गतेको मन्त्रिपरिषद् निर्णयबाट हवाई सेवा क्षेत्रका विज्ञ महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकसहित कार्यकारी अध्यक्षमा नियुक्त गरिएको थियो । निगमका कार्यकारी अध्यक्ष श्रेष्ठले तीन वर्षभित्र निगमलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सुधारका कार्ययोजना अघि बढाइएको बताउनुभएको छ।
निगमका अनुसार गत आर्थिक वर्षको असारको तुलनामा यस वर्ष असारमा आम्दानी करिब ३२ प्रतिशत बढेको छ भने सिट उपयोगिता ७५ प्रतिशतबाट ८५.४ प्रतिशत पुगेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






























