

काठमाडौँ, साउन १२ गते । लोकप्रिय ब्यान्ड ‘सविन राई एन्ड द फारोह‘ र ‘नवीन के. भट्टराई एन्ड अतृप्त‘ एकै मञ्चमा कन्सर्ट दिँदैछन् । आगामी साउन २३ मा ठमेलस्थित क्लब नोभामा आयोजना हुने ‘द रक लेगेसी‘ लाइभ कन्सर्टमा यो दुई ब्यान्डले प्रस्तुति दिने भएको हो ।
कन्सर्टमा दुवै ब्यान्डले आफ्ना सदाबहार गीत पस्कनेछन् । डीजे निशानको विशेष प्रस्तुति रहने यो कन्सर्ट सहयोगार्थ कार्यक्रम हो । क्यान्सरसँग जुधिरहेकी रेखा गुप्ताको उपचारलाई सहयोग पुर्याउने उद्देश्यले यो कन्सर्ट आयोजना गर्ने भएको हो । ई–सेवामार्फत बिक्री हुने प्रत्येक टिकटबाट १० प्रतिशत गुप्ताको सहयोगका लागि छुट्याइने आयोजकले जनाएको छ ।
प्रस्तुतकर्ता ‘स्मार्ट जी‘ की रेश्मा श्रेष्ठ यो कार्यक्रम मनोरञ्जनसँगैको सामाजिक उत्तरदायित्व रहेको बताउँछिन् । ‘यसपटक हामीले मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वलाई पनि जोड्ने प्रयास गरेका छौं,’ उनले भनिन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





































