07/22/2026, 08:11:15
बुधबार, साउन ०६, २०८३

कार्यालय हाताभित्र वडा सदस्यमाथि कुटपिट गर्ने फरार अभियुक्त पक्राउ


गुल्मी, साउन ६ गते । जिल्ला प्रशासन कार्यालय गुल्मीको हाताभित्र रेसुङ्गा नगरपालिका–१० का वडा सदस्य कृष्णकुमार बस्नेतलाई हेलमेट प्रहार गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गुल्मी इस्मा गाउँपालिका–१ का ४१ वर्षीय विष्णुबहादुर कुँवर क्षेत्री रहेका छन्। गत साउन ४ गते दिउँसो कुटपिट गरी फरार रहेका कुँवरलाई गुल्मी र अर्घाखाँची प्रहरीको संयुक्त टोलीले अर्घाखाँचीको सन्धिखर्क–१, शान्ति बगैँचाबाट नियन्त्रणमा लिएको हो।

अभद्र व्यवहार कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी कुँवरमाथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो।