काठमाडौँ, साउन ६ गते । सरकारले स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय तयारी पोसाक उद्योग (टेक्सटाइल) को विकास र प्रवर्धनमा जोड दिने भएको छ।
नेपाल तयारी पोसाक उद्योग सङ्घका पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्री वालेन्द्र शाहले उद्योगको विस्तार र सहजीकरणका लागि सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।
उद्योगको प्रवर्धनका लागि प्रधानमन्त्री शाहले दिएका मुख्य निर्देशन तथा प्रतिबद्धताहरू:
- काउन्सिल गठन: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहने गरी ‘तयारी पोसाक र कपडा विकास परिषद्‘ (Textile and Clothing Development Council) तत्काल गठन गर्ने।
- अन्तर्राष्ट्रिय व्यापार: फ्रि ट्रेड एग्रिमेन्ट (FTA) र वैदेशिक लगानी (FDI) भित्र्याउने कार्यलाई तीव्रता दिने तथा अमेरिकामा रोकिएका सामान र ‘टेस्टिङ सर्टिफिकेसन’ को समस्या सुल्झाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन।
- रुग्ण उद्योगको पुनरुत्थान: निजी क्षेत्रका बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउने।
- ग्रिन गार्मेन्ट भिलेज: काठमाडौँ उपत्यका नजिकै ‘ग्रिन गार्मेन्ट भिलेज‘ स्थापनाका लागि उपयुक्त जग्गा पहिचान गरी बजेट व्यवस्था गर्ने।
- ‘फार्म टु एक्सपोर्ट’ अवधारणा: स्वदेशी कच्चा पदार्थको प्रशोधन, दक्ष जनशक्ति उत्पादन र निर्यात अभिवृद्धिका लागि निजी क्षेत्रसँग पूर्ण सहकार्य गर्ने।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!































