

काठमाडौँ, साउन १ गते । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापनमा सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन)का पदाधिकारीहरूसँगको छलफलमा उहाँले तीनै तहको सरकारको समन्वयमा सीपमूलक तालिम सञ्चालन गर्ने र बजार प्रवर्द्धनमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताउनुभयो । साथै, कच्चा पदार्थ आयातको अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाइने उहाँको भनाइ थियो ।
छलफलमा एशोसिएसनका अध्यक्ष सुरज बञ्जाडेसहितका पदाधिकारीहरूले अवैध चोरी पैठारी नियन्त्रण गर्न, करको दायरा बढाउन र आयातित जुत्ता–चप्पलमा अनिवार्य गुणस्तर परीक्षण लागू गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । आवश्यक नीतिगत सहयोग र बजार संरक्षण भए स्वदेशी उद्योग पूर्ण क्षमतामा चल्न सक्ने उनीहरूले विश्वास दिलाए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


























