06/14/2026, 13:03:26
आइतबार, जेठ ३१, २०८३

सोमबार लुम्बिनीका चार जिल्लामा सार्वजनिक बिदा


गुल्मी, जेठ ३१ गते। लुम्बिनी प्रदेश सरकारले भोलि (सोमबार) लुम्बिनीका चार जिल्लामा सार्वजनिक बिदा दिएको छ।

भूम्या पूजाको अवसरमा चार जिल्लामा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता एवम् वरिष्ठ उपसचिव सुरेन्द्र चन्द्र आचार्यका अनुसार असार १ गते आइतबार भूम्या पूजाको अवसरमा रोल्पा, दाङ, प्यूठान र रुकुम (पूर्वी भाग) जिल्लामा सार्वजनिक बिदा दिएको हो।

भूम्या पूजाका अवसरमा विशेषगरी चार जिल्लाका सम्बन्धित समुदायका लागि सार्वजनिक बिदा दिएको बताइएको छ। भूम्या पर्व मगर समुदायले विशेष पर्वका रुपमा मनाउने गर्छन्।

– रमेश विश्वकर्मा