

काठमाडौँ, जेठ २२ गते । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताएकी छन् । निर्वाचन आयोगले आज आयोजना गरेको केन्द्रीय समीक्षा कार्यशालाको उद्घाटन गर्दै उनले उक्त कुरा बताएकी हुन् ।
‘निर्वाचनबाट नयाँ दल र नयाँपुस्ता विजयी भएर आउनुभएको छ । जनताले दिएको मतको सम्मान गर्दै उहाँहरुलाई काम गर्न दिनुपर्छ’, पूर्वप्रधानमन्त्री कार्कीले भनिन् ।
उनले निर्वाचन सफल हुनुमा तत्कालीन सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, सञ्चारकर्मीलगायतका भूमिका महत्त्वपूर्ण रहेको चर्चा गरिन् ।
पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले विषम अवस्थाम सरकार, आयोग र सरोकारवालाको सहयोगमा कुनै हिंसात्मक घटनाबिना निर्वाचन सम्पन्न भएको बताए ।
पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी आन्दोलनको विद्रोहको भावनाअनुसार सुशासन कायम र राजनीतिक संस्कार कायम भई मुलुकका स्थायित्व कायम हुनुपर्नेमा जोड दिए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







































