06/03/2026, 23:25:25
बुधबार, जेठ २०, २०८३

भारतको एक इन्च जमिन पनि नेपालले मिचेको छैन : ओली


काठमाडौँ, जेठ २० गते ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालले भारतको एक इन्च भूमि पनि नमिचेको बताएका छन् ।

बुधबार पार्टीको केन्द्रीय संगठन विभागले आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालामा उनले संसदको रोस्ट्रमबाट प्रधानमन्त्रीले बोल्न नहुने कुरा बोलेको बताए ।

‘एक ठाउँमा एक इन्च पनि भारतको जमिन नेपालले मिचेको छैन,’ ओलीले भने, ‘सम्पूर्ण रूपमा असत्य, झुट, राष्ट्रघाती वचन प्रधानमन्त्रीले संसदको रोस्ट्रमबाट बोल्नु हुँदैन थियो । तर बोल्ने काम भयो । कसको हितको लागि ? कसको पक्षमा ? नेपालको अहितमा नेपालको विपक्षमा यत्रो देशद्रोही कुरा कसको लागि के का लागि बोलियो ?’ 


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..