

काठमाडौँ, जेठ १९ गते । संसदको लोगो अंकित झण्डासहित विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मिङ्मा ग्याबु शेर्पालाई सम्मान गरिएको छ ।
मंगलबार सिंहदरबारमा एक विशेष कार्यक्रमको आयोजना गर्दै सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद शेर्पालाई सम्मान गरेका हुन्।
हिमाल आरोहणको क्षेत्रमा नयाँ नयाँ कीर्तिमान कायम गर्दै आएका सांसद शेर्पाले सभामुख अर्यालकै अनुमतिमा संसदको झण्डासहित गएको जेठ १३ गते बुधबार बिहान ५:४० बजे सगरमाथाको सफल आरोहण गरेका थिए। सभामुख अर्यालले नै सांसद शेर्पालाई उक्त आरोहणका लागि बिदाइ गरेका थिए।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









































