05/29/2026, 21:13:52
शुक्रबार, जेठ १५, २०८३

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट ( पूर्णपाठ )


काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट विनियोजन गरेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कुल विनियोजित बजेटमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपियाँ (५९.८ प्रतिशत), पुँजीगततर्फ चार खर्ब ३१ अर्ब १० करोड रुपियाँ (२०.३ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ चार खर्ब २२ अर्ब रुपियाँ (१९.९ प्रतिशत) विनियोजन गरिएको जानकारी दिनुभयो ।

सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपियाँको बजेट विनियोजन गरेको हो। चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकारमा वृद्धि गरिएको छ ।

बजेट शीर्षकविनियोजित रकमप्रतिशत
चालु खर्च१२ खर्ब ७० अर्ब ५८ करोड रुपियाँ५९.८ %
पुँजीगत खर्च४ खर्ब ३१ अर्ब १० करोड रुपियाँ२०.३ %
वित्तीय व्यवस्थापन४ खर्ब २२ अर्ब रुपियाँ१९.९ %
कुल बजेट२१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँ१०० %