05/28/2026, 22:03:52
बिहिबार, जेठ १४, २०८३

कान्तिपुर ‘थिएटर’ मा महाभारत नाटक मञ्चन सुरु


काठमाडौँ, जेठ १४ गते । कान्तिपुर थिएटर मा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु भएको छ ।

कान्तिपुर फिल्म एकेडेमी को थिएटरमा हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल पहिलो पटक नाटकमा अभिनय गर्नुभएको छ । साथै, कलाकार तथा निर्देशक रमेश बुढाथोकीसुवर्ण थापा को अभिनयले पनि नाटकलाई थप अपेक्षित बनाएको छ । सन्दीप श्रेष्ठ, प्रतिक चौधरी, सुपज्ञा शर्मा लगायत अन्य २० जना कलाकार पनि ‘महाभारत’ का लागि कान्तिपुर थिएटरको मञ्चमा देखिँदैछन् ।

भारतीय प्रसिद्ध लेखक कुलदीप कुणाल को नाटकलाई नवीन भट्ट ले नेपाली रूपान्तरण, डिजाइन तथा निर्देशन गर्नुभएको छ । नाटकको अनुवाद प्रकाश दाहाल ले गरेका हुन् भने सेट डिजाइन तुफान थापा, लाइट डिजाइन दीपेश गजुरेल, सङ्गीत संयोजन तथा गायन अनुप तिमिल्सिना, कोरियोग्राफी अनिष क्षेत्री र निर्माण रमेश पुरी ले गर्नुभएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..