

काठमाडौँ, जेठ १३ गते । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुख डोलप्रसाद अर्यालसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा अध्यक्ष राईले नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम प्रधानमन्त्रीको उपस्थिति सुनिश्चित गर्न सभामुखलाई आग्रह गरेका हुन् । सभामुखलाई सम्बोधन गर्दै राईले लामो समयदेखि आफूहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै आए पनि सभामुखबाट प्रभावकारी ‘रुलिङ’ हुन नसकेकोमा असन्तुष्टि व्यक्त गरे ।
‘प्रधानमन्त्रीज्यूलाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने नियमावलीको ३१ (१) लागू गरेर मलाई यो सदनबाट निष्कासन गरी सदनको गरिमा बढाइदिनुहुन म अनुरोध गर्दछु । कि त प्रधानमन्त्रीज्यूलाई यहाँ बोलाइदिनु पर्यो, होइन भने मलाई निस्केर जा भन्नुपर्यो,’ उनले भने ।
जवाफमा सभामुख अर्यालले भने, ‘कसलाई कसरी रुलिङ गर्ने भनेर सभामुखलाई निर्देशन गर्ने अभ्यास छैन ।‘ सभामुखको उक्त भनाइपछि अध्यक्ष राई सदनबाट बाहिर निस्किए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!































