05/26/2026, 17:23:40
मङ्गलबार, जेठ १२, २०८३

प्रधानमन्त्रीको संसद् उपस्थितिबारे संवाद जारी, छिट्टै मिति तय हुने सभामुखको भनाइ


काठमाडौँ, जेठ १२ गते । प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीको संसद् उपस्थितिका विषयमा सम्बन्धित पक्षबीच छलफल तथा समन्वय जारी रहेको जानकारी दिएका छन्। उनले प्रधानमन्त्रीको उपस्थितिको सम्भावित मिति चाँडै तय हुने संकेतसमेत गरेका छन्।

बैठक सञ्चालनका क्रममा सभामुख अर्यालले प्रधानमन्त्रीको संसद् आगमनका विषयमा विपक्षी तथा सत्तापक्ष दुवैसँग निरन्तर संवाद भइरहेको उल्लेख गरे। उनका अनुसार प्रधानमन्त्रीलाई सदनमा उठाइएका विषयबारे जानकारी गराइसकिएको छ र सरकार पनि यसबारे जानकार छ।

 

प्रधानमन्त्रीको उपस्थिति माग गर्दै विपक्षी दलहरूले बैठक अवरुद्ध गरेपछि सभामुखले कार्यसूची अघि बढाउन आग्रह गर्दै छलफलमार्फत समाधान खोजिने बताएका थिए।

उनले प्रधानमन्त्रीसँग आफ्नो नियमित संवाद भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री संसद् उपस्थित हुने तयारीमा रहेको जानकारी दिए। साथै, विषयको समाधान नजिक पुगेको संकेत दिँदै चाँडै औपचारिक मिति तय हुने विश्वास व्यक्त गरे।

विपक्षी दलहरूले भने प्रधानमन्त्री स्वयं उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने माग दोहोर्‍याउँदै सदनमा निरन्तर अवरोध जारी राखेका छन्।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..