05/17/2026, 12:43:18
आइतबार, जेठ ०३, २०८३
आइइसी डिजाइनर रनवे–१५

आइइसी डिजाइनर रनवे–१५ : फेसनका नयाँ डिजाइन प्रस्तुत


काठमाडौँ, जेठ ३ गते । दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजित ‘आइइसी डिजाइनर रनवे–१५’ नामक फेसन सोमा १८ सेलिब्रेटी र मोडलले एउटै ¥याम्पमा फेसनका नयाँ डिजाइन प्रदर्शन गरे ।

आइइसी कलेजको आयोजना रहेको फेसन शोमा शिल्पा मास्के, नीति शाह, स्वस्तिमा खड्का, आँचल शर्मा, आना शर्मा, मलिका महत, अदीति अधिकारी लगायत फेसनका आकर्षक र नयाँ डिजाइनसहित प्रस्तुत हुनुभयो ।

उक्त सोमा ६६ जनाभन्दा बढी डिजाइनरले तयार पारेका विभिन्न आकर्षक फेसनका ३० र १७ तरिकाको ¥याम्प प्रदर्शन भएका थिए । भारतीय कोरियोग्राफर यतिन गान्धी कारियोग्राफी रहेको सोलाई नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको हो ।