

काठमाडौं, वैशाख ३१ गते । सांसद हर्कराज राईले प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफल चलिरहँदा प्रधानमन्त्री नदेखिनुलाई दु:खद् भएको बताएका छन् ।
उनले अहिले नीति तथा कार्यक्रममाथि छलफल चलिरहे पनि जवाफ दिने समयसम्म प्रधानमन्त्री आउने अपेक्षा गरेको उनले बताए । यदि उक्त समयसम्म प्रधानमन्त्री सहभागी नभए श्रम संस्कृति पार्टीका सांसदहरू सदनबाट बाहिरिने बताएका छन् । जसले नीति तथा कार्यक्रममाथिको छलफल सुन्नु पर्ने हो उ नै नआउँदा आफ्नै बिहेमा अर्कोलाई बेहुला/बेहुली बनाएर पठाएको जस्तो भएको उनले बताए ।
उनले प्रधानमन्त्रीले आफ्नो जिम्मेवारीबाट भाग्न नपाउने बताएका छन् ।
नीति तथा कार्यक्रममाथिको छलफलका लागि समय कम भएको उनको गुनासो छ। जति धेरै छलफल हुन्छ त्यति नै राम्रो नीति कार्यक्रम बन्ने उनको भनाइ छ । नीति तथा कार्यक्रममा नीति के हो ? कार्यक्रम के हो भन्ने नछुट्टिने स्थिति रहेको उनले बताए ।
नीति तथा कार्यक्रमले नागरिकको चेतनाको स्तरबारे कुनै कुरा नउठाएको र यसबारेमा जोड दिन सुझाव दिए । आर्थिक विकासका लागि कृषिलाई सरकारले ध्यान दिन सुझाव दिए । दुई दिन काठमाडौंका नाका बन्द भए यो सहर नै छोडेर हिड्नु पर्ने स्थिति छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












































