

काठमाडौँ, वैशाख ३० गते। सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि उठेका प्रश्नमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन् ।
आज ११ बजेदेखि बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहे पनि उनको स्थानमा सरकारको तर्फबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जवाफ दिने भएका हुन् ।
यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले जवाफ दिने सम्भावित कार्यसूची संसद सचिवालयले जारी गरेको थियो । तर, प्रधानमन्त्री शाहले जवाफ नदिने भएपछि अर्थमन्त्री वाग्लेले दिने भएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रम यही वैशाख २८ गते संघीय संसद बैठकमा वाचन गरेका थिए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














































