काठमाडौँ, वैशाख ३० गते । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने जनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए।
सदनको मङ्गलबारको छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राखेका थिए। सदनको आजको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने छ । त्यसअघि आजै प्रधानमन्त्री बालेन्द्र शाहले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने छन्।


यही नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते आर्थिक वर्ष २०८३/०८४ को बजे संसद्मा पेस हुने छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







































