05/12/2026, 17:05:26
मङ्गलबार, बैशाख २९, २०८३

अरुको सुझाव सरकारले सुन्नुपर्छ : हर्क साम्पाङ


काठमाडौं, वैशाख २९ गते । श्रम संस्कृत पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई ‘साम्पाङ’ ले सरकारले दलहरुले दिएको सल्लाह अनुसार नीति तथा कार्यक्रममा सच्याउन सुझाव दिनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा मंगलबार आफ्नो धारणा राख्दै उहाँले सो सुझाव दिनुभयो । आफ्नो मात्र कुरा राखेर, आफ्नै मात्र विचार राखेर सरकारको नीति तथा कार्यक्रम पूर्ण नहुने भन्दै उहाँले अरुको सल्लाहको सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभयो ।

सुकुम्बासीको वैकल्पिक व्यवस्था नगरी हतारमा वस्ती भत्काउनु गलत भएको बताउँदै उहाँले भन्नुभयो, “किरा फट्याङ्ग्रा, चराचुरुङी सबैलाई बास बस्न घर चाहिन्छ । सुकुम्बासी त मानव हुन्, उनीहरुको बासस्थान भत्काउँदा उनीहरुलाई दुःख लाग्दैन ? विकल्प दिएर वस्ती भत्काउनुपथ्र्यो । मानवतालाई केन्द्रमा राख्नुपर्छ ।

गरिबलाई हेप्न नहुने बताउँदै सांसद राईले गरिब जनताको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । संसद बैठकमा एकले अर्काको सम्मान गर्न आवश्यक रहेको बताउँदै उहाँले संसदीय मर्यादाको ख्याल गर्न सांसदहरुलाई सुझाव दिनुभयो ।