04/27/2026, 21:32:44
सोमबार, बैशाख १४, २०८३

राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर अघि बढ्छौँ : सभापति थापा


काठमाडौँ, वैशाख १४ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकता अनुसार सबैलाई मिलाएर लैजाने बताउनुभएको छ ।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा आज सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले पार्टी केन्द्रीय समितिमा रहेका र नरहेकाको पनि सहमतिमा भीष्मराज आङ्देम्बे पार्टी संसदीय दलको नेतामा निर्विरोध निर्वाचित हुनुभएको बताउनुभयो ।

संसदीय दलको नेताका लागि लोकतान्त्रिक पद्धतिअनुसार निर्वाचनमै जान सकिने भए पनि केन्द्रीय समितिमा रहेका र नरहेका सबैको सहमतिमा धेरैको चाहना अनुसार सहमतिबाट नेतृत्व छनोट गरिएको सभापति थापाको भनाइ थियो ।

blog

संसदीय दलको नेता चयनमा समय लागे पनि अन्तिममा सहजतापूर्वक सहमतिबाट नेतृत्व निर्विरोध निर्वाचित भएको छ, यसमा आदरणीय नेता अर्जुननरसिंह केसी र मोहन आचार्यको सहमति छ”, उहाँले भन्नुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..