

धनगढी, वैशाख ९ गते । प्रदेश र स्थानीय तह पनि छिटोभन्दा छिटो नयाँ जनादेशमा जानु पर्ने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बताउनुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज पत्रकारहरुसँग छलफल गर्दै उहाँले उहाँले यस्तो बताउनुभएको हो । जेनजी आन्दोेलनको मर्म र भावनानुरुप निर्वाचन भई संघीय सरकार नयाँ जनादेशको साथ अगाडि बढिसकेको अवस्थामा प्रदेश र स्थानीय तह पनि अब नयाँ जनादेशकै साथ अगाडि बढ्न आवश्यक रहेको मुख्यमन्त्रीको भनाइ छ ।
“भदौ २३ र २४ गतेको नव युवाको आन्दोलनको भावना अनुसार संघ सरकार निर्माण भए जसरी नै स्थानीय र प्रदेश सरकारको निर्वाचन चाँडोभन्दा चाँडो हुनुपर्छ”, उहाँले थप्नुभयो, “त्यसका लागि संघ सरकारले वातावरण निर्माण गर्नु प¥यो ।”
अर्को प्रसङ्गमा मुख्यमन्त्री शाहले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा प्रदेश सरकार दृढ रहेको बताउनुभएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







































